
सन्धिखर्क ।
स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा अर्घाखाँचीमा पाँच दलले निर्वाचनमा गठबन्धन गर्ने सहमति गरेका छन् ।
सन्धिखर्कमा सोमबार बसेको पाँच दलिय गठबन्धनका शिर्ष नेताहरुको बैठकले सबै चुनाबमा पाँच दलिय गठबन्धन एक ढिक्का भएर जाने निष्कर्ष निकालेका हुन ।
बैठक पछि सन्धिखर्कमा संयुक्त पत्रकार सम्मेलन गर्दै पाँच दलका नेताहरुले गठबन्धन गरेरै निर्वाचनमा जाने सहमति गरेको जानकारी गराएका हुन् ।
नेकपा एमाले बाहेकका अन्य दलहरु नेपाली कागे्रस,नेकपा माओबादी केन्द्र ,राष्ट्रिय जनमोर्चा ,एकीकृत समाजजबादी र नेपाल जनता पार्टीले स्थानिय तह निर्वाचन देखि संघिय निर्वाचन सम्म एकजुट भएर जाने बताएका छन् ।



पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले संघ, प्रदेश र स्थानिय तहको निर्वाचनमा गठबन्धन गरेर प्रतिगमनलाइ परास्त पार्ने बताए ।श्रेष्ठले निकै संघर्ष अनि कठिनाइले देशमा लोकतन्त्र ल्याएको तर जनताको सपना पुरा गर्नुको सट्टा दुई तिहाई भएको नेकपा एमालेकोे सरकारले जनाको सपना पुरा गर्न नसकेकोेले अब नेकपा एमालेलाई बहिष्कार गर्ने बताए ।
नेकपा एमाले सहिदको सपना साकार पार्नुको सट्टा ब्यक्तिबादी चिन्तनमा मग्न भएको आरोप पनि श्रेष्ठले लगाएका छन ।

यस्तै सम्मेलनमा बोल्दै माओबादी केन्द्रकी प्रदेश समिति सदस्य छमकुमारी खनालले ओलिको निरंकुशता र तानशाहको बिरुद्दमा सम्पुर्ण लोकतन्त्रमा बिस्वास राख्ने शक्तिहरु एकजुट भएर लागिपर्ने प्रतिवद्दता ब्यक्त गरेकी छन् ।
रास्ट्रिय जनमोर्चा का केन्द्रिय सदस्य शेर बहादुर बि. सि. ले एमाले प्रतिगमन कार्यमा उद्दत रहेकोले लोकतन्त्रको रक्षा गर्न आफुहरु गठबन्धन गरेर अगाडी बढ्नुपर्ने अबस्था आएको बताएका छन् ।
नेकपा ( एस ) का जिल्ला अध्यक्ष राम बहादुर चौहान र जसपाका जिल्ला अध्यक्ष जिन्दक खड्काले गठबन्धन गरेर नै आगामी दिनमा एकताबद्ध भएर अगाडी बढ्ने प्रतिबद्धता जनाए ।
बिगतमा भएका गल्ती कमजोरी हरुलाई सच्चाउदै अगाडी बढ्नुपर्नेमा नेताहरुले जोड दिएका छन् ।
नेपाली काङ्ग्रेस को पार्टी कार्यालयमा बसेको ५ दलका शीर्ष नेता हरुको बैठकले गरेका निर्णयहरुलाई पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।









