
काठमाडौं ।
स्थानीय तहको चुनावलाई लक्षित गरी छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ।
अपरान्ह ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्ने तयारी रहेको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए। सचिवालय बैठकमा अहिलेसम्म भएका कामको रिपोर्टिङ र आगामी रणनीति तय गर्ने जनाईएको छ ।



उनले पार्टी प्रवेशको अभियान कसरी व्यवस्थित गर्ने र चुनावी घोषणा पत्रको तयारीको जिम्मा दिनेबारे सचिवालय बैठकमा छलफल हुने पनि बताएका छन् ।
आगामी चैत ७ मा पोलिटब्युरो र ९ मा केन्द्रीय कमिटी बैठक बस्ने तय भएकोले त्यसका एजेन्डा समेत आजको सचिवालय बैठकले तय गर्ने तयारी एमालले जनाएको छ ।








