
काठमाडौँ ।
नेपाल दलित संघको केन्द्रीय महाधिवेशन सर्ने भएको छ ।
संघले यसअघि चैत्र ७, ८ र ९ बुटवलमा गर्ने भनेको केन्द्रीय महाधिवेशन सर्ने भएको हो ।
संघका केन्द्रीय उपाध्यक्ष रामकृष्ण लकान्द्रीले पार्टीको चुनाव लक्षित एक महिने अभियानका कारण तत्काललाई अधिवेशन स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।



‘अहिले प्रदेश अधिवेशनहरू सम्पन्न गर्ने र स्थानीय तहको चुनावपछि मात्रै केन्द्रीय महाधिवेशन गर्ने कुरा भएको छ,’ उनले भने ।
उनका अनुसार बुधबार बस्ने कार्यसम्पादन समितिको बैठकले महाधिवेशन स्थगित गर्ने सूचना प्रकाशन गर्नेछ ।








