
गुल्मी ।
गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बुधबार राति जिल्लाको छत्रकोट गाउँपालिका –१ झेर्दीमा लु ३ त २८३३ नम्बरको ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।



दुर्घटनामा चालक इस्मा गाउँपालिका –६ निवासी ३१ वर्षको रेशम कुमालको मृत्यु भएको प्रहरीको भनाई छ ।
दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिब ३ सय मिटर तल खसेको छ । ट्याक्टर झेर्दी स्थित सडक निर्माण कार्यमा प्रयोग हुँदै आएको प्रहरीले जनाएको छ ।









