
काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निर्वाचनमा होमिएको छ ।
समाजवादीले ‘जनतामा जाऔं, एकीकृत समाजवादी जिताऔं’ भन्ने नारासहित चुनावी अभियान थाल्ने भएको छ ।



आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एकीकृत समाजवादीले यो अभियान अघि बढाउन लागेको हो ।
बिहीवार बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो अभियान शुरू गरेको नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख एवम् उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।
राजधानी दैनिकमा खबर छ ।








