
काठमाण्डौ ।
प्रि–मनसुनका गतिविधि सक्रिय नहुँदा देशभर गर्मी बढेको छ ।
मौसमविद् राजु प्रधानाङ्गले प्रि–मनसुनको गतिविधि सक्रिय नहुँदा पानी नपरेको र यसकै कारण गर्मी बढेको बताए ।



गएको २४ घण्टामा धरानको अधिकतम तापक्रम ३७ दशमलव ७ डिग्री सेल्सियस पुगेको छ ।
यस्तै, विराटनगरको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस, जनकपुरको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस, सिमराको ३४ दशमलव ८ डिग्री सेल्सियस र भैरहवाको ३३ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ ।
काठमाण्डौको अधिकतम तापक्रम भने २८ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।
आज पनि देशभरको मौसम सफा नै रहने अनुमान गरिएकाले गर्मी थप बढ्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनकाअनुसार भोलि र पर्सि बेलुकीपख पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।








