
पाल्पा । बगनासकाली पत्रकार समूहको आयोजनामा बगनासकाली गाउँपालिकाका पत्रकाहरुको लागि २ दिने क्षमता विकास तथा अन्तरक्रियात्मक गोष्ठी शुक्रवार सुरु भएको छ ।
समूहका सदस्यहरुको क्षमता विकास तथा अन्र्तक्रियात्मक छलफलका लागि कार्यक्रम आयोजना गरिएको समूहका अध्यक्ष दिपक ढुंगानाले बताउनुभयो ।पत्रकार समूहको आयोजना तथा बगनासकाली गाउँपालिकाको सहयोगमा गोष्ठी सञ्चालन गरिएको हो । गोष्ठीमा समूहमा आवद्ध २० जना बढी सदस्यहरु सहभागीता रहेको छ ।
गोष्ठीको पहिलो दिन समाचार लेखन, फिचर लेखन, रेडियो र अनलाइन पत्रकारिता र सूचना प्रविधिको प्रयोग सम्बन्धि सहजीकरण गरिएको छ । नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गोविन्द भट्टराई, महासंघका पूर्व अध्यक्ष भगवान भण्डारी, समूहका सल्लाहकार कमलराज तिमिल्सेना, समूहका सल्लाहकार देव पचभैया र नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रम समूहका अध्यक्ष दिपक ढुङ्गानाको अध्यक्षता र सचिव विष्णु घिमिरेको संचालनमा चलेको थियो ।












