
काठमाडौं ।
एपीवान टेलिभिजनमा प्रसारण हुँदै आएको लोकप्रिय गायन रियालिटी शो नेपाल आइडल सिजन–४ को उपाधि भैरहवाका भूपेन्द्र थापामगरले जितेका छन् ।
शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भूपेन्द्र थापा मगर विजयी भएका हुन् ।
उपाधिसँगै भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गरे ।



यस्तै नेपाल आइडल सिजन –४ मा झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए । उनीहरुले क्रमशः ५ लाख र ३ लाख रुपैयाँ प्राप्त गरे । झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल पनि फाइनलमा प्रवेश गरेका थिए ।
यो सिजनमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायकको रुपमा थिए ।
दर्शकले दिएको मतका आधारमा आइडल छानिएको हो ।








