
पाल्पा,चैत
तानसेन बहुमुखी क्याम्पसमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । तानसेन बहुमुखी क्याम्पस र मुक्तिनाथ बिकास बैक लिमिटेड तानसेनको आयोजनामा शनिबार एक दिने बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमले बिद्यार्थीहरुलाई बैक तथा बित्तीय संस्थाका बिषयमा नजिकबाट बुझ्ने र जान्ने अवसर प्राप्त भएको क्याम्पस प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी गोबिन्द घिमिरेले बताउनुभयो । बित्तीय साक्षरता कार्यक्रमको प्रमुख प्रशिक्षक मुक्तिनाथ बिकास बैक लिमिटेड तानसेनका प्रबन्धक टेकराज ज्ञवालीले सहजीकरण गर्नुभएको थियो भने साहायक प्रशिक्षकको रुपमा गोपाल अर्यालले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा करिब ५५ जना बिद्यार्थीको सहभागीता रहेको थियो । मनिष मल्ल ठकुरीको सभापतित्वमा भएको कार्यक्रमको संचालन डमर पाडे मगरले गर्नु भएको थियो ।













