
गुल्मी ।
गुल्मीको इस्मा गाउँपालिका– १ छिनुवा खोला नजिकै मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो सदरमुकाम तम्घासबाट सिमलटारी तर्फ जाँदै गररेको लु १२ प ३९०९ मोटरसाईकल दुर्घटना हुँदा रेसुङ्गा नगरपालका–धागीथुमका अन्दाजी ५० बर्षीय रामबहादुर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । उदिनढुङ्गा बस्ने ३९ वर्षका रुद्रबहादुर बिक घाइते भएका छन् ।



दुबै जनालाई उपचारका लागि गुल्मी अस्पताल तम्घास लगिएकोमा कुँवरलाई डाक्टरले मृतक घोषणा गरेका थिए ।
बिकको उपचार भई रहेको र अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए ।









