
काठमाडौं ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा मनपरी खर्च गरेको पाइएको छ ।
आर्थिक वर्ष २०७५÷७६ बाट पाँच वर्षको लागि भनि सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा हालसम्म १६ अर्ब ९३ करोड ९० लाख रुपैयाँ निकास तथा खर्च भइसकेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार पाउने अधिकांश दलका कार्यकर्ता रहेका छन् ।
रोजगार गरे वापत बैंकिङ च्यान मार्फत रकम भुक्तानी गर्नुपर्नेमा दलका कार्यकर्तालाई सिधै रकम वितरण गरेको पाइएको छ ।



रकम दलका कार्यकर्तालाई सिधै वितरण गरिएको मात्र होइन ठूलो रकम प्रशासनिक कार्यमा खर्च समेत गरिएको छ ।
बितेका तीन आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममा कूल १९ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरिको छ ।
पाँच वर्षे कार्यक्रमको तीन वर्ष समाप्त भइसकेको छ । यस अवधिमा करिव १७ अर्ब रुपैयाँ निकासा÷खर्च हुँदा भइसक्दा पनि अधिकतम कार्यसम्पादन सूचकसँग सम्बन्धित क्रियाकलाप सुरु गर्नसकेको छैन ।
कार्यक्रमले केही रोजगारी सिर्जना गरेको भए पनि कार्यक्रमको लक्ष्यको तुलनामा ५.४१ प्रतिशत मात्र प्रगति भएको छ ।
कार्यक्रम अन्तर्गत श्रमिकहरुलाई श्रमिक दुर्घटना बिमा बिना नै काममा लगाएको पाइएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा भएका अनियमितता महालेखापरीक्षकको ‘कार्यमूलक तथा विशेष लेखापरीक्षण प्रतिवेदन २०७८’ मा औंल्याइएको छ ।








