
काठमाडौं ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ ।
ललितपुरको सानेपास्थित केन्द्रीय कार्यलयमा दिउँसो २ बजे बस्ने बैठकमा मुख्यगरी तीन एजेडामा छलफल हुने जनाइएको छ ।



जसमा स्थानीय तह निर्वाचन लक्षित ‘घर–घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
त्यस्तैगरी स्थानीय तह निर्वाचनमा टिकट वितरणका लागि केन्द्रीय संसदीय समिति गठन गरिने र चुनावी तालमेलबारे पनि छलफल हुने बनाइएको छ ।
आजको बैठकमा समसामयिक बिषयमा पनि विशेष छलफल हुने काँग्रेसले जनाएको छ ।








