
पाल्पा कामना सेवा विकास बैक तानसेन शाखाले दमकडाबाट एक औपचारिक आफ्नो शाखा रहित बैंकिङ सेवाकको शुभारम्भ गरेको छ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । बैंक ले सेवाविस्तार गर्ने क्रममा आज पाल्पा को दमकडाबाट बैंकिङ सेवा सुरु गरेको कामना सेवा विकास बैक तानसेन शाखाका शाखा प्रमुख प्रकाश कार्कीले बताउनु भयो । शाखा प्रमुख कार्कीले पाल्पा अन्य ठाउँमा पनि बैंकले आफ्नो बैंकिङ शाखारहित सेवा दिन खोजेको तथा सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष तथा बैंकका पुर्व संचालक ,सस्थापक राम प्रसाद पोखरेल बैंक का लुम्बिनी प्रदेश प्रमुख मोहन दत्त खनाल बुटवल कलस्टर प्रमुख सुन्दर घिमिरे र कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिका वडा न ९ का वडा अध्यक्ष हरि सुमन रेग्मीले उक्तशाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको थियो ।कार्यक्रममा बैंकका संस्थापकहरु, लुम्बिनी प्रदेश प्रमुख मोहन दत्त खनाल बुटवल कलस्टर प्रमुख सुन्दर घिमिरे बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो ।
शाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने तानसेन शाखाका शाखा प्रमुख प्रकाश कार्कीले बताउनु भयो ।












