
दाङ ।
दाङमा डुबेर दुई जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका–१ माथिल्लो भालुबाङको राप्ती नदीमा नुहाउने क्रममा एक युवकको मृत्यु भएको छ।
मृतक अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–८ लापे का अन्दाजी २५ बर्षीय शुक्रराज घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय घोराहीले जनाएको छ।



विदेशबाट तीन महिना पहिले मात्रै फर्किएका मगरको नदीमा नुहाउने क्रममा शुक्रबार दिउँसो २ बजेतिर नदीमा डुबेर मृत्यु भएको थियो।









