
काठमाण्डौ ।
नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको छ ।
प्रि–मनसुनसँगै पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि पहाडी क्षेत्रका केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित हल्का पानी पर्ने मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।



उहाँका अनुसार वाग्मती, गण्डकी र प्रदेश–१ का पहाडी जिल्लाका केही ठाउँमा पानी पर्ने सम्भावना छ ।
आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहने छ ।
तराईका जिल्लाको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।








