
बुटवल ।
रुपन्देही व्यापार संघमा आवद्ध भाँडा तथा प्लाष्टिक व्यवसायीहरुको भेला आइतबार सम्पन्न भएको छ ।
संघको सचिवालयमा भएको उक्त भेलाले भाडा तथा प्लाष्टिक व्यवसायीहरुको वस्तुगत उपसमिति पुर्नगठन गरेको छ । संघमा आबद्ध भाँडा तथा प्लाष्टिक व्यावसायीहरुको उक्त भेलाले हरि गौतमको अध्यक्षतामा ७ सदस्यीय भाँडा तथा प्लाष्टिक वस्तुगत उपसमिति पुर्नगठन गरेको हो । भाँडा तथा प्लाष्टिक उपसमितिको सह–संयोजकमा रविन न्यौपाने, सचिवमा सुन्दर भण्डारी, कोषाध्यक्षमा दिपक घिमिरे र सदस्यहरुमा राजु घिमिरे, लक्ष्मी भट्टराई, विष्णुप्रसाद भट्टराई तथा सल्लाहकारहरुमा कृष्णप्रसाद अर्याल, शंकर अर्याल, बाबुराम शर्मा रहेका छन् ।



कार्यक्रममा बोल्दै प्रमुख अतिथि संघका प्रथम उपाध्यक्ष प्रकाश ढकालले व्यवसायीक एकता र वदलिदो परिस्थितीलाई समयमा चिन्न नसकेमा व्यापार अगाडी बढ्न नसक्ने बताउनुभयो । उहाले व्यवसायी व्यसायीहरुवीचमा स्वच्छ व्यवसायीक प्रतिष्पर्धाहरु हुनु पर्ने बताउदै राज्यका नीतिमा रहेका कमीकमजोरीलाई सच्याएर आर्थिक विकासमा नीजी क्षेत्रको सहभागिता बढाउन आग्रह गर्नु भयो ।
यस्तै भेलामा संघका द्वितिय उपाध्यक्ष दिपकप्रसाद अधिकारी, महासचिव दयानिधि भण्डारी कार्यसमिति सदस्य मेघनाथ पौडेल र संघका निवर्तमान कार्यसमिति कृष्ण प्रसाद अर्यालले विभिन्न पक्षहरुका बारेमा बोल्दै व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा संघका सह–सचिव तथा वस्तुगत उपसमिति संयोजक ऋषिराम पाण्डेको अध्यक्षता र कार्यसमिति सदस्य जयलाल न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।









