
दाङ ।
जिल्ला प्रशासन कार्यालय दाङले लाइसेन्सप्राप्त हतियार प्रहरीमा बुझाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासनले यही चैत अन्तिमसम्म घरमा राखिएका हतियार बुझाउन आग्रह गरेको हो ।



आगामी ३० वैशाखमा हुने स्थानीय चुनावलाई मध्यनजर गर्दै हतियार बुझाउन भनिएको हो ।
हतियार नजिकको प्रहरी इकाइमा बुझाउन सकिने प्रशासनले जनाएको छ ।









