
दाङ।
घोराही उपमहानगरपालिकालाई बालमैत्री घोषणा गरिने भएको छ ।
देशकै पहिलो बालमैत्री उपमहानगरका रुपमा चैत २३ गते घोषणा गर्ने तयारी थालिएको मेयर नरुलाल चौधरीले बताए ।



आइतवार पत्रकार सम्मेलनमा बोल्दै मेयर चौधरीले बालमैत्रि घोषणाका लागि आवश्यक ५१ वटा सूचकहरु पूरा भएको जानकारी दिए ।
लुम्बिनी प्रदेश सरकारको मुख्य मन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको चैत ९ गते निर्णय अनुसार बालमैत्रि नगर घोषणा गर्ने थालिएको नगर प्रमुख चौधरीले बताए ।
प्रदेशका मुख्य मन्त्रि कुलप्रसाद केसीले उपमहागरलाई बालमैत्री घोषणा गर्ने भएका छन् ।
नेपालको संविधान र बालमैत्री स्थानिय शासन कार्यान्वय निर्देशिका २०७८ मा भएको व्यवस्था बमोजिम घोराहीलाई बालमैत्री उपमहानगरपालिका घोषणा गर्न थालिएको हो ।









