
पाल्पा ।
झुटो विवरण पेस गरी नागरिकता बनाएको आरोपमा पाल्पामा एक युवक पक्राउ परेका छन् ।
बाग्लुङको गल्कोट नगरपालिका–८ काँडेवासका २३ वर्षीय मानबहादुर कँडेल आइतबार पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाबाट झुटो विवरण पेश गरी नागरिकता निकालेका कडेंललाई पक्राउ गरिएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातिले जानकारी दिए ।



उनले आफु पाल्पा रामपुर नगरपालिका–१४ का पिताम्बर अधिकारीको छोरा विजय अधिकारी हुँ भन्ने विवरण पेश गरि नागरिकता निकालेका थिए ।
विवरण पेस गर्ने क्रममा उनले वडा नम्बर १४ को सट्टा १० लेखेका थिए । उक्त कुरा पिताम्बरका भाइ कृष्णप्रसाद अधिकारीले थाहा पाएर जाहेरी दिएका थिए । कृष्णप्रसादको जाहेरी लगत्तै कँडेललाई प्रहरीले पक्राउ गरेको हो ।









