
पाल्पा ।
आगामी बैशाख ३० गते हुन गैरहेको स्थानिय तहको निर्वाछनलाई लक्षित गरी नेपाली काँग्रेस पाल्पाले चुनावी अभियान सुरु गरेको छ ।
‘घर घरमा जाऔं, काँग्रेस जिताऔँ’ भन्ने मुल नारासहित काँग्रेसले सोमबार अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।



कार्यक्रममा काँग्रेस नेतृ सरस्वती तिवारी अर्यालले नेपालमा लोकतान्त्रिक पार्टीहरू विजय नहुँदासम्म विकास सम्भव नहुने बताइन् ।
यस्तै काँग्रेस क्षेत्र नम्वर –१ का क्षेत्रीय सभापति झमनबहादुर राजमगरले काँग्रेसले जनताको घरघरमा पुगेर एसीसीबारे छरिएका भ्रमहरु चिर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेशसभाका सदस्य रामबहादुर राना,महाधिवेशन प्रतिनिधि हाजिलमिया,प्रवक्ता शोभाकर न्यौपाने, पूर्व पदाधिकारी एवं महासमिति सदस्य देवराज ढकाल, उपसभापति ज्ञानबहादुर गाहा, कृष्ण प्रसाद अधिकारी लगायतले धारणा राखेका थिए ।









