
नेपालगञ्ज ।
कारले ठक्कर दिँदा नेपालगञ्जमा गए राति तीन जना पैदल यात्रीको मृत्यु भएको छ।
बिपी चोक नजिकै सडकमा हिडिरहेकालाई कारको ठक्कर दिएको थियो। कारको ठक्करबाट एक महिला र दुई बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।



प्रदेश ३–०१–२३ च ८४८१ नम्करको कारको ठक्करबाट करिब ६० वर्षीया एक महिला र ५ वर्षका दुई बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। मृत्यु हुनेहरूको पहिचान खुल्न सकेको छैन।
पैदल यात्रीलाई ठक्कर दिएपछि चालकले कारमा राखेर उपचारका लागि अस्पताल लगेका थिए। ठक्करबाट घाइते तीनै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
कार चालक प्रहरी नियन्त्रणमा छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









