
काठमाडौं ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
यही चैत ३० का लागि पार्टी केन्द्रीय कार्यालय ललितपुरमा मा बैठक बोलाएको हो।



स्थानीय तह निर्वाचनको घोषणापत्रलाई अन्तिम रुप दिनको लागि बैठक बोलाएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई उपस्थित हुन आग्रह गरेको पौडेलले बताएका छन्।








