
काठमाडौं ।
नेकपा एकीकृत समाजवादी पार्टीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
निर्वाचन आचारसहित उल्लंघन गरेको भन्दै आयोगले ३ दिनभित्र जवाफ दिन निर्देशन गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेल बताए।



आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले भने, ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादीले मिति २०७८ चैत्र २६ गते काठमाडौंको भृकुटीमण्डवमा आयोजना गरेको आमसभामा
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उलंघन भएको भन्ने आम सञ्चार माध्याम तथा सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले सो सम्बन्धमा के कसो भएको हो?
तीन दिनभित्र आधार, प्रमाणसहित आयोगलाई चित्तबुझ्दो जवाफ माग गरिएको छ।’








