
काठमाण्डौ ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आज काठमाण्डौ सहित पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् मञ्जु बासीका अनुसार आज पहाडी क्षेत्रका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ भने केही ठाउँमा पानी पर्ने छ ।
विशेषगरी प्रदेश–१,वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित दिउँसो पछि हल्कादेखि सामान्य पानी पर्ने अनुमान गरिएको छ ।



काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रको मौसम बिहानैदेखि आंशिकदेखि सामान्य बद्ली छ ।
पहाडी क्षेत्रमा मौसम बद्ली भइ पानी पर्ने सम्भावना रहे पनि तराईका जिल्लामा भने गर्मी बढ्दो छ । पानी नपर्दा तराईका जिल्लाको अधिकतम तापक्रम बढ्दै गएको छ ।








