
दिपक भट्टराई २९ चैत्र २०७८



व्यक्तिगत घटना दर्ता सप्ताह सफल बनाउनका लागि रिब्दीकोट गाउँपालिकाले गाउँपालिकाका कर्मचारी, वडा सचिव, स्वास्थ्य संस्थाका प्रमुखहरु, तथा गा.पा भित्रका विद्यालयका प्र.अ हरु र सबै स्वास्थ्य स्वयम् सेविकाहरु गरी १७० जनाको उपस्थितिमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ ।
२०७९ वैखाश १ गते देखि ७ गते सम्म सञ्चालन हुने व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम अनुसार रिब्दीकोट गाउँपालिकाले पनि सप्ताह सफल बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरेको सामाजिक सुरक्षा एमआईस अपरेटर श्रृजना नेपालले जानकारी दिनुभयो ।
संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय द्वारा विशेष गरि व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रम लाई विधुतीय प्रणालीमा गर्न को लागि तयार परियोजना भएको जस्ले गर्दा व्यक्तिगत घटना जस्तै जन्म , मृत्यु, विवाह, बसाई सराई ,सम्बन्ध बिच्छेद दर्ताहरु अनलाईन गर्न सकिने समेत अपरेटर श्रृजना नेपालको भनाई थियो ।

एक हप्ता सम्म पालिकाका प्रत्येक वडामा तथा पालिकामा गएर जन्म, मृत्यु, विवाह, बसाई सराई तथा सम्बन्ध विच्छेदमा घटनाको विवरण दर्ता गराउन सकिने पालिकाका सुचना प्रविधि अधिकृत हेमेन्द्र कुवँरले बताउनुभयो । सुचना प्रविधि अधिकृत कुवँरले घटना दर्ता गरिसकेपछि आफ्नो विवरण राम्रो सगँ चेक गरी प्रमाणपत्र लिन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत पवन अर्यालले व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम निकै महत्पुर्ण रहेकाले यसले पालिका बासीलाई घटनाको विवरण लिन र दिन सजिलो हुने भएकाले सामाजिक सुरक्षा तथा घटना दर्ता सम्बन्धि कुनैपनि समस्या परेमा वडा कार्यालयले समाधान गर्ने वडामा नसकेमा पालिमा पालिकाबाट पनि समाधान नभए सम्बन्धित निकायमा समस्याको समाधानका लागी पालिकाको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि नारायण बहादुर जि।सी ले नागरीकको घटना दर्ता प्रक्रियाले व्यतिmलाई विभिन्न सरकारी लगायत,आफ्नो विवरण खोज्न तथा नागरिकता पासर्पोट बनाउन,बालबालीका स्कुल भर्ना गर्ने जस्ता कार्यमा सजिलो हुनाले व्यक्तिगत घटना दर्ता प्रक्रियामा सबैलाई सहभागी हुन आग्रह गर्नुभयो ।
कार्यक्रमा अध्यक्ष तथा गा.पा उपाध्यक्ष लक्ष्मी खनाले कार्यक्रम फलदायि भएको बताउदै व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम संचालनले छुटेका पनि सहभागी हुने अवसर भएको बताउदै घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रमको सबैले फाईदा लिनुपर्ने बताउनु भयो ।कार्यक्रमा स्वास्थ्य चौकी प्रमुख ,वडा सचिव विधालयको प्र।अ लगायतले आ आफ्नो धारण राख्नु भएको थियो । सप्ताह कार्यक्रममा पालिका प्रवक्ता लेखा अधिकृत,प्रशासन प्रमुख लगायत विभिन्न शाखाका कर्मचारी लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन शिव जि।सी ले गर्नुभएको थियो ।










