
सन्धिखर्क ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने ५९ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
भूमिकास्थान नगरपालिका वडा नम्वर ७ मा मेवा दिने बहानामा नाबालिकालाई जबरजस्ती करणी गर्ने पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्बर बहादुर थापाले बताए।



मेवा खुवाउने बहानामा आफ्नै घरमा बोलाएर बालिकालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा निज पुरुषलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।









