
बुटवल ।
लुम्बिनी प्रदेशमा गठबन्धनको बैठकले कार्यदल बनाउने निर्णय गरेको छ ।
नेकपा माओवादी केन्द्रको संसदीय दलको सचिवालयमा सोमबार बसेको गठबन्धनको बैठकले नेपाली काँग्रेसका प्रदेश उपसभापति भुवन श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।



कार्यदलमा माओवादी केन्द्रका तुलाराम घर्ती, नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, जनता समाजवादी पार्टीका यज्ञ पोखरेल र राष्ट्रिय जनमोर्चाका चेतनारायण आचार्य रहेका छन् ।गठबन्धनले सिट बाँडफाँड र उम्मेदवारका बारेमा सहमति जुटाउने छ ।
यस्तै बैठकका एकीकृत समाजवादीले लुम्बिनी प्रदेशमा एमालेले जितेका आधा ठाउँमा दाबी गरेको छ । लुम्बिनीका १ सय ९ स्थानीय तह रहेका छन् । जसमध्ये २०७४ सालको चुनावमा एमालेले ४३ सिट जितेको थियो । यसको आधा २२ सिटमा एकीकृत समाजवादीले दाबी गरेको हो ।









