
काठमाडौं ।
सत्ता गठबन्धनले स्थानीय निर्वाचनको भागबण्डा आज मिलाउने दाबी गरेको छ।
सोमबार दुई पटक बसेको बैठकमा सहमति हुन नसकेपछि भागबण्डा मिलाउन गठबन्धनको बैठक आजपनि बस्दै छ।
बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।



उनले गठबन्धन दलहरु सहमति नजिक पुगेको दाबी गरेका छन्। मन्त्री कार्कीले ६ महानगर र ११ उपमहानगर गरि १७ स्थानमा सहमतिको नजिक पुगेको बताउदै आज अन्तिम रुप दिने बताएका हुन्।
गठबन्धनले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको उम्मेदवार केन्द्रले टुंगो लगाउने निर्णय गरेको छ। सोही अनुसार सत्ता गठबन्धन भागबण्डा गरिरहेको छ।








