
काठमाडौं ।
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५३ औं स्थापना दिवस मनाउँदै छ ।
विद्यार्थी संघले आज स्थापना दिवसको अवसरमा नेविसंघको संस्थापक कार्यसमितिको सम्मान, नेविसंघ एप सार्वजनीकरण र आगामी निर्वाचनमा नेविसंघको भूमिका विषयक विचार गोष्ठी कार्यक्रम गर्न लागेको हो ।



मंगलबार विहान ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने उक्त कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्दैछन् ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले स्थापन दिवसमा नेविसंघले आफ्ना संस्थापक सदस्यलाई सम्मान गर्ने लागेको बताए ।
उनका अनुसार स्थापना दिवसका अवसरमा नेविसंघले आफ्नो एप सार्वजिनक गर्दै छ । नेविसंघको साधारण सदस्यतालाई अनलाइन प्रणालीमार्फत व्यवस्थित बनाइएको शेर्पाको भनाइ छ ।








