
पाल्पा ।
पाल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।
तिनाउ गाउँपालिका–१ स्थित कचल निवासी ६१ वर्षीय दिल बहादुर हिस्कीको पहिरोमा पुरिएर ज्यान गएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले जानकारी दिए ।



बुधबार बिहान करिब सवा ९ बजेको समयमा घरदेखि करिब ८ किमी पूर्वमा रहेको खेतमा सिंचाइका लागि कुलो खन्ने क्रममा माथिबाट खसेको ढुंगासहितको पहिरोले दिलबहादुर पुरिएका थिए ।
स्थानीयले उद्दार गरेर दोभान स्वास्थ चौकी हुँदै थप उपचारका लागि लुम्बिनी प्रदेश अस्पताल पठाइएकोमा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।









