
काठमाडौं ।
स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले आज घोषणा पत्र सार्वजनिक गर्ने भएको छ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर घोषणा पत्र सार्वजनिक गरिने घोषणापत्र तयारी समितिका सदस्य शंकर तिवारीले जानकारी दिए।



कांग्रेसले गत चैत १० गते महामन्त्री गगन थापाको नेतृत्वमा घोषणा पत्र तयारी समिति गठन गरेको थियो।
घोषणा पत्रमा लोकप्रिय नारा भन्दा पनि नीतिगत रुपमा स्थानीय तहलाई बलियो बनाउने र सुशासनका कुराहरुलाई प्राथमिकतामा राखिएको तिवारीले बताए।उनकाअनुसार स्थानीयको आवश्यकताका आधारमा सम्बन्धित उम्मेदवारहरूले आफ्नो घोषणापत्र सार्वजनिक गर्न सक्नेछन्।
घोषणापत्रका लागि विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गरिएको र छलफलका आधारमा ५ वर्ष भित्र गर्न सक्ने कामहरु समेटेर घोषणा पत्र तयार गरिएको समितिले जनाएको छ।








