
काठमाडौं ।
सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताको बैठक आज पनि बस्दै छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे बैठक बस्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को सचिवालयले जनाएको छ ।



बैठकमा गठबन्धनबीच चुनावी तालमेलको अन्तिम निर्णय गरिनेछ ।विशेषगरी पालिकाहरूमा पद भागबन्डासम्बन्धी निर्णय लिइनेछ । आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराउने आज दोस्रो तथा अन्तिम दिन भएकाले बैठकमा भागडबन्डासम्बन्धी अन्तिम निर्णय हुनेछ ।
विवाद देखिएका र स्थानीयस्तरमा मिल्न बाँकी पालिकाका विषयमा पनि निर्णय लिइनेछ ।
यसअघि, आइतबार साँझ पनि बालुवाटारमा गठबन्धनका नेताको बैठक बसेको थियो । पाँच दलबाहिर चुनावी तालमेल नगर्नेलगायत निर्णय गरिएको थियो ।








