
बुटवल ।
बुटवलमा किर्ते गरेको आरोपमा महिला पक्राउ परेकी छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पा रिब्दीकोट–५ घर भइ बुटवल–११ देविनगरमा बस्दै आएकी २३ वर्षीया प्रजिता गाहा किर्ते र ठगी गरेको आरोपमा पक्राउ परेकी हुन् ।



गाहाले जागिर लगाइ दिन्छु भनेर नक्कली नियुक्ति पत्र, लेटर प्याड र परिचय पत्र छापेर ७० जनाभन्दा धेरैसँग रकम उठाएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध ठगी मुद्दामा अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।









