
पाल्पा ।
जिल्लाको रामपुरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
रामपुर नगरपालिका –७ घिमिरे टोलका ३५ वर्षीय रमेश आचार्यको सोमबार विहान काब्रोको रुखबाट लडेर मृत्यु भएको हो ।



गाइवस्तुका लागि घाँस काट्न रुखमा चढेका उनको खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।
घरदेखि नजिकैको बारीमा रहेको काब्रोको रुखमा चढेर घाँस काट्दै गर्दा आचार्य अचनाक भुइँमा खसेर घाइते भएका थिए ।
घाइते उनलाई परिवारले उपचारका लागि रामपुर अस्पताल पु¥याएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।









