
कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि गाउँपालिकाको वडा नम्बर ८ का वडाध्यक्षमा एमालेका उम्मेदवार ओम प्रकाश तिवारीको मृत्यु भएको छ ।
तिवारीको मृत्युपछि स्थानीय तहको निर्वाचन कार्यक्रम स्थगित गरिएको छ ।



तिवारीको हिजो निधन भएकोभएपनि आजमात्र जानकारी पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तिवारीको मृत्यु भएको खवरपछि आज निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।









