
बुटवल ।
रुपन्देहीमा दुई बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
११ र सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुटवल उपमहानगरपालिका–३ बस्ने रोल्पाको लुङ्गी गाउँपालिका–४ घर भएका २० वर्षीय भूपेन्द्र पोखरेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।



गएको चैत २१ गते पोखरेलले बालिकाहरूलाई बुटवल उपमहानगरपालिका–३, तिनाउ खोला बगरमा ललाइफकाइ जबरजस्ती करणी गरेको सूचनापछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
घटना बारे अनुसन्धान भै रहेको प्रहरीको भनाई छ ।









