
बुटवल ।
गणतन्त्र, राष्ट्रियताको रक्षा र संघीयता खारेजीको मुख्य योजनासहित स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय जनमोर्चा रुपन्देहीले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
आइतबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी राजमो रुपन्देहीले प्रदेश सरकार खारेज गरी प्रदेशमा रहेको अधिकार स्थानीय तहमा हतान्तरण गर्ने प्रतिबद्धता जनाएको हो ।



स्वाथ्य संस्थाको स्तरोन्नति गरी निःशुल्क र सहज रुपमा नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।
यस्तै स्थानीय स्तरमा हुने हत्या, हिंसा, बलात्कार, छुवाछुतसहित कुप्रथा अन्त्यका लागि प्रभावकारी कदम चाल्ने गाउँनगर सफा सुग्घर बनाउने, सफा शौचालय बनाउने जनमोर्चाको प्रतिबद्धतामा उल्लेख छ ।
प्रतिबद्धतापत्रमा भूमिहीनको समस्या सधैँका लागि समाप्त गर्ने, खेतीयोग्य जमिन बाँझो राख्न नदिने र भूमिको खण्डीकरण रोकी कृषियोग्य जमिन बचाउने भनिएको छ ।
लागूऔषध नियन्त्रण, पूरातात्विक क्षेत्रको संरक्षण लगायतलाई पनि प्रतिबद्धतापत्रमा समेटिएको छ । राष्ट्रिय जनमोर्चाले रुपन्देहीका १६ मध्ये ७ स्थानीय तहमा उम्मेदवार उठाएको छ ।









