
प्यूठान ।
प्यूठानको झिमरुक गाउँपालिका– ५ ढाँडामा पौडी खेल्ने क्रममा एकजना बालकको डुबेर मृत्यु भएको छ ।
प्यूठान नगरपालिका–८ का ११ वर्षीय रन्जीत थापाको बुधबार दिउँसो १ बजे झिमरुक नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरिक्षक (डीएसपी) सत्यनारायण थापाले जानकारी दिए ।



डीएसपी थापाका अनुसार मामा घर गएका ती बालकको पानीमा डुबेर घटनास्थलमै मृत्यु भएको थियो ।









