
गुल्मी ।
गुल्मीको गुल्मीदरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित थापाले ६ हजार १६६ मत प्राप्त गर्नुभयो ।
नेकपा एमाले अध्यक्ष उम्मेदवार कृष्णबहादुर भुसालले ५ हजार ६०२ मत पाएको निर्वाचन अधिकृत भीमप्रसाद भुसालले जानकारी दिनुभयो ।



यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी तारा थापा ढेगा विजयी हुनुभएको छ । उहाँले ६ हजार २ सय ७७ मत प्राप्त गर्नुभयो ।
एमालेका उम्मेदवार सुशीला पुनले ५ हजार ५ सय मत ल्याउनुभयो । गुल्मीदरबार गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमालेका उम्मेदवार वडाअध्यक्षमा विजयी भएका छन् ।
नेपाली कांग्रेसबाट वडा नम्बर १ मा राजेन्द्र कँडेल, ३ मा रामबहादुर थापा, ६ मा मुकेश थापा र ७ मा शालिकराम टण्डन निर्वाचित हुनुभएको छ ।
त्यस्तै नेकपा एमालेबाट वडा नम्बर २ मा विष्णु गौतम, ४ मा देविराम पोखरेल र ५ मा गुणनिधि पौडेल निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसअघि गुल्मीको रेसुङ्गा नगरपालिका पनि कांग्रेस विजयी भएको थियो ।









