
दाङ ।
नदीमा पौडी खेल्ने क्रममा दाङमा डुबेर शनिबार बिहान एक किशोरको मृत्यु भएको छ ।
दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुर घर भएका १६ वर्षीय प्रशान्त वलीको तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरास्थित बबइ नदीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।



तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरास्थित हजुरआमाको घरमा पूजामा आएको अवस्थामा उक्त नदीमा डुबी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा सोही नदीको किनारामा शव फेला परेको हो ।
घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।









