
सन्धिखर्क ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।
पाणिनि गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उमेदवार टेकराज न्यौपानेले आफ्ना निकटतम प्रतिशप्रधि काङ्ग्रेसका अच्युत गौतमलाई ७२१ मतान्तरले हराएका हुन् । न्यौपाने ७ हजार ७ सय ४९ मत सहित बिजयी भएका छन् ।



यस्तै उपाध्यक्षमा एमालेकै नर्मदा पौडेल ७ हजार ६ सय ६१ मत सहित विजयी भएकाी छन् ।
उनले काङ्ग्रेसकी लक्ष्मी गौतमलाइ ६ सय २३ मतले पछि पार्दै जित निकालेकी छन् ।









