
काठमाण्डौ ।
काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ ।
ताजा मत परिणाम अनुसार महानगरको २३ हजार ८ सय ८४ मत गनिसक्दा बालेन साहले ९ हजार एक सय ८६ मत पाउनु भएको छ ।



उहाँ एमालेका मेयर उम्मेदरवार केशव स्थापित भन्दा ४ हजार २ सय ३८ मतले अगाडि हुनुहुन्छ ।
स्थापितले अहिलेसम्म ४ हजार ९ सय ४८ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसकी सृजना सिँहले ४ हजार ३ सय २० मत प्राप्त गर्नु भएको छ ।
उपमेयरमा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ ।








