
अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दलबहादुर भट्टराई ८ हजार २ सय ८३ मतका साथ विजयी भएका छन् ।
निमटतम प्रतिद्वन्दी नेकपा माओवादीका पदम क्षेत्रीलाई हराउँदै भट्टराई विजयी भएका हुन् ।



क्षेत्रीले ६ हजार ७ सय २६ मत प्राप्त गरे ।उपाध्यक्षमा एमालेकै दिपा पोख्रेल विजयी भएकी छिन् ।
उनले ८ हजार १ सय ५५ मत प्राप्त गरेकी छिन ।उपाध्यक्षमा निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका शोभाखर खनालले ६ हजार ६ सय ५७ मत प्राप्त गरेका छन् ।









