
पाल्पा ।
रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा गठबन्धनका नेपाली कांग्रेस उम्मेदवार रुक्मांगत भट्टराई विजयी भएका छन्।
उनी ६ हजार ६ सय ४३ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर राउतले ६ हजार १ सय ४५ मत पाएका छन्।



उपाध्यक्षमा गठबन्धनकै नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज थापा विजयी भएका छन्। उनले ६ हजार ३ सय ७ मत प्राप्त गरेर विजयी हासिल गरेका हुन्।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी गीता भट्टराई घिमिरेले ५ हजार ७ सय ६१ मत पाएकी छन्।
यहाँ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी लगायतका दलले गठबन्धन गरेका थिए।









