
काठमाण्डौ ।
देशका विभिन्न ठाउँमा आज पनि हावाहुरीसहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो पश्चिमी क्षेत्रमा र राति मध्य क्षेत्र तथा पहाडी भू–भागमा मेघगर्जन, चट्याङ्गसहित हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो ।



दिउँसो प्रदेश–१, वाग्मती, गण्डकी, मधेस र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
अहिले नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको छ । यसको प्रभाव कायमै रहेकाले हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यको भनाइ छ। अहिले पनि प्रदेश–एक, मधेस प्रदेशका केही ठाउँहरुमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
प्रि–मनसुनमा छिनछिनमै मौसम परिवर्तन हुने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।








