
पाल्पा ।
पाल्पाको रम्भा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा पुन दोहोरिएका छन् ।
नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारी पाँच हजार ५८३ मतसहित दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का दुर्गाप्रसाद अधिकारीले चार हजार ५४२ मत ल्याए ।



उपाध्यक्षमा पनि एमालेकै राधादेवी श्रेष्ठ पाँच हजार ७१९ मत ल्याएर पुनः निर्वाचित भइन् ।उनको प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले पाँच हजार ५८ मत प्राप्त गरे।
कार्यालयका अनुसार वडा नं १ मा कांग्रेसबाट अध्यक्षमा ईश्वर काफ्ले, वडा नं २ मा अध्यक्षमा एमालेका चेतबहादुर सुनारी ,वडा नं ३ मा अध्यक्षमा नेपाली कांग्रेसका थमनबहादुर गाहा, वडा नं ४ मा अध्यक्षमा एमालको कृष्णबहादुर रायमाझी, वडा नं ५ मा एमालेकै खुमकान्त बस्याल निर्वाति भएका छन् ।
निर्वाचनमा ११ हजार ४५७ मत खसेको थियो ।रम्भामा गत वैशाख ३१ गते साँझ वडा नं ५ को मतगणना गर्ने क्रममा विवाद भएपछि एक हप्ता गणना स्थगित भएको थियो ।यही जेठ ६ गते अपराह्नबाट मात्रै मतगणना थालिएको हो । जिल्लाका अन्य पालिकाको मतपरिणाम भने सार्वजानिक भैसकेको छ ।









