
कपिलवस्तु ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–११, सौनहवामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते छन् ।
हिजो बेलुका करिब सवा ८ बजे कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु७५प ४१३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको तीनजना सवार लु८प १५०२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।



गम्भीर घाइते भएका १५०२ नम्बरको मोटरसाइकलका चालक कृष्णनगर नगरपालिका–१०, बकौलीका २२ वर्षीय राजेशलाल चौरसियाको उपचारका क्रममा शिवराज अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका अर्को मोटरसाइकलका चालकसहित चारजनाको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जानकारी दिएको छ ।









