
रोल्पा ।
रोल्पा नगरपालिका वडा नं २ सिमलवाङमा भएको अटो रिक्सा दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो ४ वजे भएको दुर्घटनामा अटो चालक रोल्पा नगरपालिका वडा नं २ का २९ वर्षीय महेश कुँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।



सदरमुकाम लिवाङवाट माडीचौर तर्फ जाँदै गरेको रा १ ह ४३४७ नम्बरको सो अटो अनियन्त्रित भई सडकवाट करिव ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा परी घाइते भएकाहरुको रोल्पा अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ ।









