
बुटवल ।
मोटरसाइकल चोरी गर्ने २ जना बुटवलमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सैनामैना नगरपालिका–६ का १८ वर्षीय निश्चल बुढाथोकी र कञ्चन गाउँपालिका वडा नं.२ का १८ वर्षीय अभिषेक थारु रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।



बुटवल उपमहानगरपालिका वडा नं.९ कालिकानगर राज्यलक्ष्मी पथमा पार्कीङमा राखेको लु ५६ प २९०७ मोटरसाईकल गत शुक्रबार हराएको थियो ।
हराएको मोटरसाईकलको खोजीका क्रममा दुबैजनालाई मोटरसाईकल सहित सोमबार पक्राउ गरिएको केसीले बताए । दुबै जनालाई सवारी चोरी मुद्धामा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।









