
बुटवल ।
तिलोत्तमा नगरपालिका रूपन्देहीको प्रमुखमा नेपाली काँग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईँलाई ७६५ मतान्तरले पराजित गरेका हुन् । खांणले २४ हजार ३९६ मत प्राप्त गरी निर्वाचित हुँदा प्रमुख प्रतिद्वन्दी एमालेका उम्मेदवार चापागाइँले २३ हजार ६३१ मत प्राप्त गरेका छन् ।



उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार जगेश्वरीदेवी चौधरी भारी मतान्तरसहित विजयी भएकी छन् ।चौधरीले २३ हजार ८६ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरे ।
खाँण गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ हुन् भने चौधरी निवर्तमान उपमेयर समेत हुन्।
१७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा ९ वटा वडाको अध्यक्षमा काँग्रेस र ८ वडाको अध्यक्षमा एमालेले जित निकालेको छ ।









